करेन्ट लागेर एक जनाको मृत्यु
कृष्णनगर । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा घाँस काट्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
बनकसबासा बस्ने अन्दाजी वर्ष ५० का धनबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको नेपाल विद्युत् प्राधिकरण चन्द्रौटाका शाखाका इन्चार्ज दिनबन्धु आचार्यले जानकारी दिए ।
विद्युत् पोल नजिकै रहेको रुखमा चढेर घाँस काट्दा तारमा विद्युत् प्रवाह भई थापाको मृत्यु भएको हुनसक्ने उनको भनाइ थियो । मृतक थापाको शव परीक्षणको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ ।
गाउँको प्रतीक्षालय बस्ने अरुको काम गरिदिनेबापत स्थानीयवासीले खाना दिने गरेका स्थानीयले बताएका छन् । मृत्यु भएका थापाको आफ्नो परिवार कोही नभएकाले नजिकैका आफन्तलाई सम्पर्कमा ल्याई शव बुझाइने जिल्ला प्रहरी कार्यालय तौलिहवाले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया