पाकिस्तानी बलर अफ्रिदीले भारतीय बलर बुमराहलाई दिए बाबु बनेकोमा बधाईसहित उपहार

काठमाडौं । पाकिस्तानका तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीले भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहलाई बाबु बनेकोमा बधाई दिँदै उपहार प्रदान गरेका छन् ।
आइतबार एसिया कप अन्तर्गत भारत र पाकिस्तानबीच भएको सुपर फोर खेलपछि मैदानबाट बाहिरिनेक्रममा जसप्रितलाई बधाई दिँदै उपहार दिएका हुन् ।
कोलम्बोमा हिजोको खेल भने वर्षाका कारण प्रभावित भएको थियो । उक्त खेल आज फेरि हुँदैछ । अफ्रिदीले बुमराहलाई उपहार दिएको भिडियो पाकिस्तान क्रिकेटले सामाजिक सञ्जाल ‘एक्स’मा सार्वजनिक गरेको छ ।
उक्त भिडियोलाई अफ्रिदीले पनि सेयर गरेको छन् । भिडियो अहिले भाइरल बनेको छ । बुमराह गत सोमबार पिता बनेका थिए ।
भारत पाकिस्तानबीचको खेल रोकिँदासम्म भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएको थियो । अब यो खेल आज दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ ।
Love and peace. Congratulations @Jaspritbumrah93 and family on the birth of your child. Prayers for the entire family. We battle on the field. Off the field we are just your regular humans. pic.twitter.com/SyHtK7wfvA
— Shaheen Shah Afridi (@iShaheenAfridi) September 10, 2023
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया