प्रकाश सपूतको ‘जाले रुमाल फाट्यो’ ट्रेन्डिङको शीर्ष स्थानमा
काठमाडौं । गायक तथा सर्जक प्रकाश सपूतको पछिल्लो गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार प्रकाश सपूत युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत आइतबार ट्रेन्डिङ वानमा पुगेको हो । यो समाचार तयार गर्दासम्म उक्त गीतलाई १८ लाख पटक हेरिसकेको छ ।
उसो त प्रकाश सपूतले ट्रेन्डिङ वानको स्वाद चाखेको भने पहिलो पटक होइन । हरेक गीतमार्फत समाजको कथालाई उठान गर्दै आएको सपूतले ‘जाले रुमाल फाट्यो’ गीत दुई वर्षअघि सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ को भाग दुईको रुपमा ल्याएका छन् ।
गायक सपूतको शब्द तथा सङ्गीत रहेको उक्त गीतमा चर्चित गायिका समीक्षा अधिकारीले स्वर दिएकी छिन् । गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, नायक गौरव पहारी, विशाल पहारी र स्वयं सपूतको अभिनय रहेको छ ।
नेपाली समाजको संवेदनशील र महत्त्वपूर्ण कथालाई तीज गीतका माध्यमबाट बाहिर ल्याइएको गायक सपुतले बताएका छन्। विषय, प्रस्तुति र निर्देशनका हिसाबले आफ्ना लागि पनि यो गीत विशेष रहेको सपूतले बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया