NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

कांग्रेस रुपान्तरण अभियानकर्मीको आचारसंहिता, होटेल नबस्ने, रक्सी नपिउने

काठमाडौं । नेपाली कांग्रेसको रुपान्तरण अभियानको दोश्रो चरणको कार्यक्रम आइतबारबाट सुरु भएको छ ।

बीपी जयन्तीको अवसरमा यो अभियान काभ्रेको धुलिखेलबाट प्रारम्भ भएको हो ।

मंसीरमा हुन गइरहेको महासमिति बैठकलाई नीतिगत र सांगठनिक हिसावले रुपान्तरणका मुद्दाका पक्षमा परिणामदायी बनाउने लक्ष्य बोकेको यो अभियानले देशभरका १ सय ६५ प्रतिनिधिसभा क्षेत्रमा पुग्ने भएको छ ।

८ बुँदे आचारसंहिता घोषणा

अभियन्ताहरुले आफ्नो ८ बुँदे आचारसंहिताको घोषणा पनि गरेका छन् ।

अभियानका क्रममा जिल्ला भ्रमणमा जाँदा महंगो होटेलमा नबस्ने, पार्टी सदस्यहरुको घरपरिवारमा बस्ने, तडकभडक खर्चिलो यात्रा नगर्ने, माला–खादाको प्रयोग नगर्ने रहेका छन् ।

यस्तै, मदिरा सेवन नगर्ने, तोकिएको समय मै कार्यक्रम आरम्भ गर्ने, विषयकेन्द्रित मन्तब्य मात्र राख्ने तथा संवोधन संक्षिप्त गर्ने आदि आचारसंहितामा समेटिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष