रविना टण्डनले भनिन्, ‘टिप-टिप बरसा पानीको सुटिङमा टिटानसको इन्जेक्सन लगाए’

एजेन्सी । हालै रविना टण्डनले सन् १९९४ मा रिलिज भएको फिल्म ‘मोहरा’ को ‘टिप–टिप बरसा पानी’ गीतको सुटिङपछि टिटानसको इन्जेक्सन लगाएको बताएकी छन् । गीतको छायांकनका क्रममा आफू घाइते भएको उनले बताइन् ।
रविना डान्स रियालिटी शो इन्डियाज बेस्ट डान्सरमा अतिथिको रूपमा आएकी थिइन् । यस क्रममा उनले गीतको छायांकनमा निकै कठिनाइको सामना गर्नुपरेको एक अन्तर्वार्तामा बताएकी छन् । रविनाले भनिन्– ‘गीतको छायांकन एउटा निर्माण स्थलमा गरिएको थियो जहाँ चारैतिर कीलाहरू थिए।’
रविनाले थपिन् ‘तपाईंले पर्दामा जुन ग्लैमर देख्नुहुन्छ, त्यसको पछाडि धेरै अनकथित कथाहरू लुकेका छन्। ‘जब तपाईं प्रदर्शन गरिरहनुभएको छ, जतिसुकै पीडामा परे पनि मुस्कान र डान्स स्टेपको भाव तपाईंको अनुहारबाट कहिल्यै हट्नु हुँदैन । कलाकार र कोरियोग्राफरले यस्ता धेरै कुराको सामना गर्नुपर्ने हुन्छ ।’
रविना चाँडै अक्षय कुमारसँग फिल्म वेलकम टु द जंगलमा देखिदै छिन् । यस फिल्ममा उनीसँगै अक्षय कुमार, सुनील शेट्टी, सञ्जय दत्त, अरशद वारसी, परेश रावल, जोनी लिभर र राजपाल यादव पनि रहनेछन् ।
प्रतिक्रिया