NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

वित्तीय साक्षरता जागरण गराउन सांग्रिला बैंकले गर्यो प्रभातफेरी कार्यक्रम

काठमाडौं । सांग्रिला विकास बैंक लिमिटेडले भैरह्वामा प्रभातफेरी सहितको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले गत २२ भाद्रमा भैरह्वा क्षेत्रको बुद्वचोक हुँदै देवकोटा चोक, बैंक रोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुनः बुद्वचोकमा पुगेर प्रभातफेरीसहितको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा उच्च व्यवस्थापनका कर्मचारी, विभागीय प्रमुखहरु, क्लष्टर प्रमुखहरु र देशभरका सम्पूर्ण शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यस वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमले सो क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।