NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

ग्यालेक्सी टिभीका सञ्चालक सहकारी ठगीमा पक्राउ

काठमाडौं । पोखराको बागलुङ बसपार्क स्थित सुर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेल समेतलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ । सहकारीलाई ठगी गरेको घटनामा फरार रहेका उनलाई काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार ललितपुरबाट पक्राउ गरेको हो । रम्तेल ग्यालेक्सी फोके टेलिभिजनका समेत सञ्चालक हुन् ।

रम्तेललाई कुमारीपाटीबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए । सो सहकारीका सात सय भन्दा धेरै सदस्यको सञ्चालकले ठगी गरेका थिए । जसमा सात जनाविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । जसमा टिभीका अध्यक्ष जिवी राई समेत छन् ।

ताजा अपडेट

नेपालवाच विशेष