आज हाम्रो मियो ढल्यो : सचेतक महेश बर्तौला
काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवास नेम्बाङको निधनसँगै पार्टीको ‘मियो ढलेको’ बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङ ज्यु ।’
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्बाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले बताए ।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज र भोली पार्टी कार्यलय च्यासलमा राखिने भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया