पूर्वनिर्धारित कार्यक्रम रद्द गरेर स्वदेश फर्किँदै महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल आफ्नो सबै पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर आज चीनबाट स्वदेश फर्किने भएका छन् ।
पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनको कारणले उनी आफ्ना सबै कार्यक्रम रद्द गरेर आजै स्वदेश फर्कन लागेको एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उनीसहित पार्टीको उच्चस्तरीय टोली यही भदौ १७ गते चीनमा भ्रमणमा गएको थियो । उनका अनुसार महासचिव पोखरेलले आजै छिङ्हाइको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किने छन् ।
स्वदेश फर्कन टिकट पाएका अवस्थामा भ्रमण दलको सबै सदस्य पनि आजै फर्किने विदेश विभाग प्रमुख भट्टराईले जानकारी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया