नेम्बाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने, अन्त्येष्टिको दिन सार्वजनिक बिदा
काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । सरकारले राजकीय सम्मानका साथ दिवगंत नेता नेम्बाङको अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
मंगलबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पर्यटन मन्त्री सुदन किराँतीले जानकारी दिए।
नेम्बाङका छोराहरू विदेश भएकाले उनीहरू फर्किएपछि मात्र अन्त्येष्टि गरिने तर अन्त्येष्टि कहिले हुन्छ भनेर अहिले ठ्याक्कै भन्न नसक्ने मन्त्री किराँतीले बताए । उनले भने, ‘जुन दिन अन्त्येष्टि गरिन्छ, त्यही दिन सार्वजनिक बिदा हुन्छ ।’
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्बाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १: ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको थियो ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया