नेम्बाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने, अन्त्येष्टिको दिन सार्वजनिक बिदा

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । सरकारले राजकीय सम्मानका साथ दिवगंत नेता नेम्बाङको अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
मंगलबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पर्यटन मन्त्री सुदन किराँतीले जानकारी दिए।
नेम्बाङका छोराहरू विदेश भएकाले उनीहरू फर्किएपछि मात्र अन्त्येष्टि गरिने तर अन्त्येष्टि कहिले हुन्छ भनेर अहिले ठ्याक्कै भन्न नसक्ने मन्त्री किराँतीले बताए । उनले भने, ‘जुन दिन अन्त्येष्टि गरिन्छ, त्यही दिन सार्वजनिक बिदा हुन्छ ।’
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्बाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १: ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको थियो ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया