NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एलजीको दशै तिहार लक्षित ‘शुभसाईत दशैं तिहार घर भित्रिन्छन् नगद र उपहार’

काठमाडौं । एलजीले दशैं र तिहारका लागि आफ्नो नयाँ वर्ष अभियान ‘शुभसाईत दशैं तिहार घर भित्रिन्छन् नगद र उपहार’ सार्वजनिक गरेको छ ।

यो अभियानले एलजीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्रदान गर्दछ। यस योजना अन्तर्गत, एलजीको लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरनेन्मेन्ट र विभिन्न उपकरणहरू खरिद गर्दा ४०% सम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराएको छ।

साथै, ग्राहकहरूले एलजीका सबै उत्पादनहरूमा विशेष मूल्यमा बिना लागत ईएमआई प्राप्त गर्नुका साथै एक्सचेन्ज अफरको मजा लिन पनि सक्छन्। त्यसैगरी, ग्राहकहरूले एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्त होटलमा २५% सम्म छुट पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

यस योजना अन्तर्गत ग्राहकले पाउन सक्छन् यस्ता उपहार

एलजीको उक्त नयाँ वर्ष अभियानमा ग्राहकले एलजी साइड बाई साइड र फ्रेन्च ढोर रेफ्रिजरेटरको खरिदमा माइक्रोवेभ ओभन / एयर फ्राइर प्राप्त गर्न सक्छन् ।

त्यस्तै, एलजी डबल डोर रेफ्रिजरेटरको खरिदमा मिक्सर ग्राइन्डर वा ग्यास चुलो, एलजी डबल डोर फ्रिज (GLK292SLTL बाहेक) को खरीदमा फ्यान र कुलर र उपहार बक्स, सिंगल डोर फ्रिजमा क्यासब्याक,माइक्रोवेभ ओभनको खरिदमा माइक्रोवेभ किट, एलजी फ्रन्ट लोड वाशिङ मेसिन (१० किलो र माथि) को खरिदमा इन्डक्सन कुकर, ९ किलोसम्मको एलजी वाशर र वाशर ड्रायरको खरिदमा डिटर्जेन्ट पाउडर,टप लोड ट्विन टबको खरिदमा ४ लि एरियल म्याटिक लिक्कइड
एलजी डिशवाशरको खरीदमा डिशवाशर किट एलजी भ्याकुम क्लिनरको खरिदमा चपर, एलजी एयर प्युरिफायरको खरिदमा एयर फ्राइर पाउने छन् ।

कम्पनीका अनुसार यस अवधि भित्र एलजीको टिभी खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेण्टीसमेत पाउने विशेष योजना पनि कम्पनीले ल्याएको छ । नयाँ वर्षको अफरले एलजी स्प्लिट रेसिडेन्सियलरफ्लोर स्ट्यान्डिङ र क्यासेट एयर कन्डिसनर खरिद गर्दा निःशुल्क इन्स्टलेसन पनि प्रदान गर्दछ।

यो अभियान भाद्र २५ देखि नेपालभर सीमित अवधिको लागि लागू हुने कम्पनीले जनाएको छ ।