NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

अस्पतालले भन्यो- नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल देखिएन

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका विषयमा जानकारी गराएको छ ।

मंगलबार राती १ बजेर ५० मिनेटमा परिवारका सदस्यले उपचारका लागि अस्पताल लगेका थिए । नेम्वाङको अस्पताल पुग्नुअघि नै निधन भइसकेको अस्पतालले आधिकारिक जानकारी गराएको हो ।

उनलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था रहेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. सन्तकुमार दासले विज्ञप्ति निकालेर उल्लेख गरेका छन् ।

‘चिकित्सकबाट जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो । त्यसबखत उहाँको आँखाको नानी फुलिसकेको र स्थिर रहेको थियो,’ उनले भनेका छन् ।

चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएपछि आज बिहान ३ बजे नेम्वाङलाई मृत घोषणा गरिएका अस्पतालले जनाएको छ ।

pressbigyati-1694506868.JPG