अस्पतालले भन्यो- नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल देखिएन
काठमाडौं । त्रिवि शिक्षण अस्पतालले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका विषयमा जानकारी गराएको छ ।
मंगलबार राती १ बजेर ५० मिनेटमा परिवारका सदस्यले उपचारका लागि अस्पताल लगेका थिए । नेम्वाङको अस्पताल पुग्नुअघि नै निधन भइसकेको अस्पतालले आधिकारिक जानकारी गराएको हो ।
उनलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था रहेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. सन्तकुमार दासले विज्ञप्ति निकालेर उल्लेख गरेका छन् ।
‘चिकित्सकबाट जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो । त्यसबखत उहाँको आँखाको नानी फुलिसकेको र स्थिर रहेको थियो,’ उनले भनेका छन् ।
चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएपछि आज बिहान ३ बजे नेम्वाङलाई मृत घोषणा गरिएका अस्पतालले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया