सिप्रदी अटोपार्ट्स र दराजबीच सहर्काय
काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालि र दराजबिच सहर्काय गर्ने सम्झौता भएको छ ।
सप्रदी अटोपार्टस् प्रालिका सिनियर जेनरल म्यानेजर युवराज बुढराथोकी र दराज अनलाइन स्टोरका व्यापार अधिग्रहण प्रमुख नबिन रानामगरबिच सहमतिको सम्झौता भएको हो ।
सम्झौतासँग अब दराजमा टाटा जेन्युइन पार्टस र टाटा मोर्टस जेन्युइन आयल उपलब्ध हुनेछ। काठमाण्डौ स्थित हायात प्यालेस होटेलमा आयोजित एक कार्यक्रममा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तराष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलको प्रमुख उपस्थितीमा उक्त सम्झौता भएको हो ।
टाटा मोटर्सका ग्राहकहरुले छिटो छरितो र सहज रुपमा टाटा जेन्युइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यसबाट ग्राहकवर्गहरु नक्कली पार्टपुर्जाबाट ठगिने जोखिम कम हुने कम्पनीको विश्वास छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया