धरानमा ग्याङ फाइट : उपमेयरका भाइसहित आठ जना नियन्त्रणमा
विराटनगर । कुटपिटको आरोपमा धरानका उपमेयर अइन्द्र विक्रम बेघाका भाइ विष्णु बेघासहित आठ जना पक्राउ परेका छन् ।
मङ्गलबार धरान–१५ सूर्यवस्तीका सन्देश राईलाई कुटेको आरोपमा उपमेयरका भाइ विष्णुसहित आठ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
विष्णुसहितको समूहले सन्देश राईलाई कुटेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले बाघवीर भन्ने सुरज तामाङ, मेनल तामाङसहित सन्देशका ग्याङका अमृत तामाङ, अनिल मगर, सागर भनिने दीपेन्द्र राई, सञ्जीव राईलाई पक्राउ गरेको हो ।
विष्णुको समूहले सुरुमा सन्देश राईलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको र सन्देशको समूहलाई आक्रमण गरेपछि सो समूहले विष्णु बेघालाई घरैमा गएर कुटेको थियो ।
ग्याङ फाइटको अनुसन्धानका लागि विष्णुसहित अन्यलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया