६० किलो सुन प्रकरण : ५० जनाविरुद्ध मुद्दा चलाउन सिआइबीको सुझाव
काठमाडौं । हङ्कङबाट तस्करी गरी ल्याइएको झण्डै ६० किलो सुन प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सुझाव दिएको छ।
सिआइबीले आज सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउँदै छ । त्यसअघि आयोजित पत्रकार सम्मेलनमा सिआइबी प्रमुख किरण बज्राचार्यले दिएको जानकारी अनुसार ५० जनालाई प्रतिवादी बनाइएको छ ।
प्रतिवादी बनाउनुपर्ने भनिएकामध्ये ३२ जना पक्राउ परेको समेत जानकारी दिइएको छ । १८ जना फरारहरूको भने खोजी भइरहेको सिआइबीले जनाएको छ। मङ्गलबार प्रतिवेदन तयार पारेको सिआइबीले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो ।
पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् ।
गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङ्कङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो । सुन अहिले राष्ट्र बैंकको संरक्षणमा छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया