सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टबिच सम्झौता
काठमाडौं । सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सम्झौता भएको छ ।
कम्पनीबीच टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता भएको हो ।
सिप्रदी अटोपार्टस् प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र डायनामिक टेक्नोसफ्टका निर्देशक सन्दीप केसीले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौताको पहिलो चरणमा काठमाडौंका चार खुद्रा व्यापारी, श्रेया मोटर पार्टस्, बिजेता अटो पार्टस्, कालीदेवी सेतीदेवी मोटर पार्टस् र पाँचखाल अटो स्पेयरलाई ईआरपी सफ्टवेयर दिइएको छ ।
साे सफ्टवेयर प्रयोग गरेर खुद्रा विक्रेताहरूले खाता र स्टक व्यवस्थापन गर्न मद्दत प्राप्त गर्ने छन । यो सफ्टवेयर खुद्रा विक्रेताको लागी व्यापार वृद्धि र व्यवस्थापनको लागी माइलस्टोन हुने कम्पनीकाे विश्वास छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया