नेम्वाङको पार्थिव शरीर घर लगियो, हिन्दू र लिम्बू परम्पराअनुसार भोलि दाहसंस्कार
काठमाडौं । एमाले उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर घर लगिएको छ ।
सोमबार राती निधन भएका नेम्वाङको पार्थिव शरीर श्रदाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिएको थियो ।
बुधबार विदेशबाट आएका दुबै छोराहरूले अन्तिम श्रद्धाञ्जली दिएपछि पार्थिव शरीर बालुवाटारस्थित निवासमा लगिएको हो ।
नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट आज बिहान काठमाडौं आइपुगेका हुन् भने कान्छा छोरा सुहाङ मंगलबार राति नै अष्ट्रेलियाबाट नेपाल आएका थिए ।
नेम्वाङको दाहसंस्कार भने भोलिमात्र हुने भएको छ । हिन्दू र लिम्बू परम्पराअनुसार पशुपति आर्यघाटमा भोलि ११ बजे दाहसंस्कार हुने बताइएको छ ।
सरकारले नेम्वाङको राजकीयसम्मानका साथ अन्त्येष्टि गर्ने र निधनको शोकमा सार्वजनिक विदासमेत दिने निर्णय गरेको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया