नेम्वाङको पार्थिव शरीर घर लगियो, हिन्दू र लिम्बू परम्पराअनुसार भोलि दाहसंस्कार
काठमाडौं । एमाले उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर घर लगिएको छ ।
सोमबार राती निधन भएका नेम्वाङको पार्थिव शरीर श्रदाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिएको थियो ।
बुधबार विदेशबाट आएका दुबै छोराहरूले अन्तिम श्रद्धाञ्जली दिएपछि पार्थिव शरीर बालुवाटारस्थित निवासमा लगिएको हो ।
नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट आज बिहान काठमाडौं आइपुगेका हुन् भने कान्छा छोरा सुहाङ मंगलबार राति नै अष्ट्रेलियाबाट नेपाल आएका थिए ।
नेम्वाङको दाहसंस्कार भने भोलिमात्र हुने भएको छ । हिन्दू र लिम्बू परम्पराअनुसार पशुपति आर्यघाटमा भोलि ११ बजे दाहसंस्कार हुने बताइएको छ ।
सरकारले नेम्वाङको राजकीयसम्मानका साथ अन्त्येष्टि गर्ने र निधनको शोकमा सार्वजनिक विदासमेत दिने निर्णय गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया