बझाङका सुदीपले जिते ‘साउथ एसिया कराँते कप–२०८०’ को उपाधि
भातेखोला । साउथ एशियन कराँते प्रतियोगिता–२०८० मा बझाङका सुदीप कठायतले नेपाललाई प्रथम स्थान दिलाएका छन् ।
भारतको चेन्नईमा सम्पन्न भएको कराँते कपमा नेपालको तर्फबाट सहभागी कठायतले ५५ केजी तौलबाट प्रथम स्थान हासिल गरेका हुन् ।
कठायत जापान कराँते डो कोशीकाई सितोरियो सङ्घबाट नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका थिए ।
१८ वर्षीय कठायतले फाइनल खेलमा ५५ केजी तौल समूहबाट प्रतिस्पर्धामा उत्रेको बङ्लादेशलाई हराएर प्रथम स्थान हासिल गरेका हुन् । समूहको फाइनलमा प्रथम नेपाल, दोस्रो बङ्गलादेश र तेस्रो भारत भएका छन् ।
कठायत बझाङको मष्टा गाउँपालिका–२ बाडेगाउँको स्थायी निवासी हुन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया