बझाङका सुदीपले जिते ‘साउथ एसिया कराँते कप–२०८०’ को उपाधि

भातेखोला । साउथ एशियन कराँते प्रतियोगिता–२०८० मा बझाङका सुदीप कठायतले नेपाललाई प्रथम स्थान दिलाएका छन् ।
भारतको चेन्नईमा सम्पन्न भएको कराँते कपमा नेपालको तर्फबाट सहभागी कठायतले ५५ केजी तौलबाट प्रथम स्थान हासिल गरेका हुन् ।
कठायत जापान कराँते डो कोशीकाई सितोरियो सङ्घबाट नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका थिए ।
१८ वर्षीय कठायतले फाइनल खेलमा ५५ केजी तौल समूहबाट प्रतिस्पर्धामा उत्रेको बङ्लादेशलाई हराएर प्रथम स्थान हासिल गरेका हुन् । समूहको फाइनलमा प्रथम नेपाल, दोस्रो बङ्गलादेश र तेस्रो भारत भएका छन् ।
कठायत बझाङको मष्टा गाउँपालिका–२ बाडेगाउँको स्थायी निवासी हुन् ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया