NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

दिवंगत नेता नेम्बाङको अन्त्येष्टि अहिले ११ बजे, यस्तो छ शवयात्राको रुट

काठमाडौं । नेकपा एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्बाङको आज (बिहीबार) अन्त्येष्टि गरिने भएको छ । मंगलबार निधन भएका नेता नम्बाङका दुई छोरा विदेशमा भएकाले दुई दिनपछि उनको अन्तिम संस्कार गर्न लागिएको हो ।

यसअघि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर अस्पतालबाट एमाले पार्टी कार्यालय र त्यहाँबाट निजी निवास लगिएको थियो ।

नेकपा एमालेका उप–महासचिव विष्णु रिमालले बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा नेता नेम्बाङको अन्त्येष्टि गरिने जानकारी दिए ।

गत मंगलबार बिहान हृदयघातका कारण निधन भएका उनलाई राजकीय सम्मान दिने निर्णय यसअघि नै सरकारले गरेको छ । संविधानसभाका अध्यक्ष नेम्बाङको सम्मानमा आज देशभर सार्वजनिक बिदासमेत दिइएको छ ।

यस्तो छ शवयात्राको रुट

नेम्बाङको शवयात्रा निजीनिवासबाट सुरु भएर महाराजगञ्ज, चाबहिल हुँदै अघि बढ्नेछ ।

रिमालका अनुसार, निजी सवारी साधन लिएर पनि शवयात्रामा सहभागी हुन सकिनेछ । त्यसका लागि धुम्बाराही शंख पार्कबाट पार्थिव शरीर राखिएको गाडीको पछि जाने व्यवस्था मिलाइएको छ ।

पैदल शवयात्रामा जोडिन चाहनेहरूलाई भने गौशाला चोकको पशुपति तर्फजाने सडकबाट सहभागी हुन सक्नेछन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष