NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

संविधानसभा अध्यक्षसमेत रहेको नेम्वाङलाई पशुपति आर्यघाटमा छोराहरुले दागबत्ती दिए । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।

त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका थिए । यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।

नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको थियो । शवयात्रामा अन्य शुभेच्छुक तथा सर्वसाधारण पनि सहभागी भएका थिए ।

नेम्वाङको अन्त्येष्टिका दिन आज सार्वजनिक बिदा पनि दिइएको छ । पुर्वसभामुखसमेत रहेका नेम्वाङको ७१ बर्षको उमेरमा सोमबार राती हृदयघातका कारण निधन भएको थियो ।