NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

पाकिस्तानविरुद्ध श्रीलंकाले निकाल्यो दबावपुर्ण जित, फाईनलमा आइतबार भारतसँग भिड्दै

काठमाडौं । एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई पराजित गरेको छ ।

शुक्रबार बिहान सम्पन्न प्रतियोगिता अन्तर्गतको सुपर फोरको खेलमा पाकिस्तानलाई हराउदै श्रीलंका फाइनल पुगेको छ । बर्षाका कारण प्रभावित बनेको खेल ४२ ओभरमा झारिएको थियो ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलंकाले २ सय ५२ रनको लक्ष्य पछ्याएको थियो । किस्तानले दिएको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरमा पुरा गर्दै २ विकेटले विजयी भयो । श्रीलंकाले निकै दबाबपुर्ण जित निकालेको हो ।

श्रीलंकाले पाकिस्तानलाई हराउन अन्तिम २ बलमा ६ रन आवश्यक थियो । स्ट्राइकमा थिए, चरिथ असलंका । चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै श्रीलंकालाई फाइनल पुर्याएका हुन् ।

श्रीलंकाका लागि कुसल मेन्डिसले ९१, सदिरा समराविक्रमाले ४८ रन बनाए । चरिथ असलंका ४९ रनमा अविजित रहे ।

पाकिस्तानका लागि ईफ्तिखार अहमदले ३ तथा शाहिन शाह अफ्रिदीले २ तथा शादब खानले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले अविजित ८६ रन बनाउदा अब्दुल्ला शफिकल ५२ रन बनाए । ईफ्तिखार अहमदले ४३ तथा कप्तान बाबर अजामले २९ रन बनाए । श्रीलंकाका लागि मथिसा पथिरानाले ३ तथा प्रमोद मधुशनले २ विकेट लिए ।

एसिया कपको फाइलन खेल आइतबार हुँदैछ । यसअघि समूह ए बाट भारत एक खेल अगाबै फाइनल पुगिसकेको छ । साबिकको विजेता श्रीलंकाले आईतबार भारतसँग उपाधीका लागि खेल्ने छ ।