NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

यशोदा फुड्सको ब्राण्ड एम्ब्यासडरमा केकी अधिकारी

काठमाडौं । नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सको ब्रान्ड एम्ब्यासडरमा अभिनेत्री केकी अधिकारीलाई घोषणा गरिएको छ ।

यशोदा फुड्सले आफ्नो उत्पादन करेन्ट चाउचाउ तथा अन्य उत्पादको लागि अभिनेत्री अधिकारीलाई बिहीबार एक कार्यक्रमबीच ब्रान्ड एम्ब्यासडर नियुक्त गरेको हो ।

यशोदा फुड्सले सन् २०१७ देखि आफ्नो व्यावसायको थालनी गरेको हो । हाल कम्पनीले बिभिन्न ब्राण्डका चाउचाउ तथा अन्य उत्पादन स्वदेश तथा विदेशमा निर्यात गर्दै आईरहेको कम्पनीका निर्देशक चुन प्रसाद पौडेले जानकारी दिए । उनले गत आर्थिक वर्षमा कम्पनीले पाँच अर्ब बराबरको आर्थिक कारोबार गरेकोसमेत कार्यक्रमा बताए ।

कम्पनीले लाली र करेन्ट ब्राण्ड अन्तर्गत तयारी चाउचाउ उत्पादन गर्ने सोँचका साथ रुपन्देहीको तिलोत्तमाबाट आफ्नो उत्पादनको सुरु गरेको हाे ।

सुपर प्रिमीयम सेगमेन्ट अन्तर्गत कम्पनीले करेन्ट हट एण्ड स्पाईसी, करेन्ट २× स्पाईसी, करेन्ट हट एण्ड लेमन स्पाईसी नुडल्स, करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्सको उत्पादन गरीरहेको छ भने प्रिमीयम सेगमेन्ट अन्तर्गत करेन्ट, लाली, लगायतका चाउचाउहरु उत्पादनमा छन् ।

त्यसै गरी,  प्रिमीयम स्न्याक्स सेगमेन्ट अन्तर्गत, करेन्ट चिजवल, करेन्ट हट एण्ड स्पाईसी स्टीक्स, करेन्ट पोटेटो क्रयाकर, करेन्ट पोटेटो स्टीक्स, करेन्ट अचारी स्टीक्स, करेन्ट हट एण्ड लेमन स्टीक्स, करेन्ट ओनियन रिङ्ग, करेन्ट मखनालगायतका प्रिमीयम  उत्पादन गरी कम्पनीले विदेशमा समेत निर्यात गरिरहेकाे छ ।

करेन्ट हट एण्ड स्पाईसी चाउचाउ नेपालमा लोकप्रिय बनेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कम्पनीको चाउचाउ तथा अन्य उत्पादनमा आम उपभोक्ताको माग र विश्वास बढ्दै गइरहेको छ ।

ब्रान्ड एम्ब्याडर घोषणापछि अभिनेत्री अधिकारीले यशोदा फूड्समा आवद्ध हुन पाउँदा खुसी व्यक्त गर्दै उपभोक्ताको पहिलो रोजाइ बन्न पुगेकोमा धन्यवाद ज्ञापन गरिन् ।करेन्टका उत्पादनहरु भारत, जापान, भुटान, दुवई, अस्ट्रेलिया, युरोप, युके, अमेरीका, क्यानेडा, मलेसिया, सिङ्गापुर लगायतका देशहरुमा निर्यात भइरहेको छ ।