एसिसी प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यू–१९ प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।
आगामी अक्टोबर १२ देखि २४ ताखिसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।
उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यसैगरी समूह बी मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार र चीन छन् ।
समूह सी मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन् भने समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् ।
बन्द प्रशिक्षणमा बोलाइएका टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा ए, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्म्रे, दीपक कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल र सुवास भण्डारी छन् ।
त्यसैगरी विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिससिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव रहेका छन् ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया