NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

तीजमा कस्तो फेस प्याक लगाउने ?

एजेन्सी ।  तीज महिलाको लागि महत्वपूर्ण चाड हो । यस दिन महिलाहरु आफ्नो श्रीमानको दीर्घायु र सुखी दाम्पत्य जीवनको कामना गर्दै व्रत बस्ने गर्छन् ।

तीजमा श्रृंगारले सजिएर सुन्दर हुने चाहना सबै महिलाको हुन्छ । यसका लागि उनीहरु पार्लर गएर महंगो फेसियल र सौन्दर्य उपचारसमेत गर्ने गर्छन् । तर केही यस्ता प्राकृतिक गुणले भरिएका साम्रगी घरमै हुन्छन् । जसको प्रयोगले तपाईले आफ्नो अनुहारको छाला सुन्दर बनाउन सक्नुहुन्छ । घरेलु फेस प्याकको प्रयोगले छालामा प्राकृतिक रुपमा काम गर्नुका साथै कुनै असर गर्दैन ।

कुन फेस प्याक लगाउने ?

बेसार र बेसन

चम्किलो छालाको लागि बेसार र बेसनलाई मिलाएर फेस प्याक लगाउन सकिन्छ । यसका लागि एउटा कचौरामा २ चम्चा बेसन लिनुहोस्। त्यसमा एक चम्चा बेसार र गुलाब जल हालेर राम्ररी मिलाउनुहोस्। अब यसलाई अनुहारमा लगाउनुहोस् । केही समयपछि अनुहार धुनुहोस्। यो फेस प्याकले अनुहारको फोहर हटाएर अनुहार चम्किलो बनाउँछ ।

रोज फेस प्याक

रोज फेस प्याक पनि अनुहारको सौन्दर्य बढाउन लाभदायिक हुन्छ । यो फेस प्याक बनाउन केही गुलाबको फूललाई ​​पिसेर पेस्ट बनाउनुहोस्। त्यसपछि यो पेस्टमा २ चम्चा दूध हालेर राम्ररी मिलाउनुहोस्। अब यसलाई आफ्नो अनुहारमा लगाउनुहोस् र २० मिनेटको लागि छोड्नुहोस्। यसले अनुहार नरम बनाउँनुका साथै अनुहारमा चमक ल्याउँछ ।

मुल्तानी मिट्टि र टमाटर

चम्किलो छाला पाउनको लागि तपाईले अनुहारमा मुलतानी मिट्टी र टमाटरको फेस प्याक लगाउन सक्नुहुन्छ। यो फेस प्याक बनाउन एउटा कचौरामा २ चम्चा मुलतानी मिट्टी लिनुहोस् र यसमा एक चम्चा टमाटरको रस हाल्नुहोस् र राम्रोसँग मिलाउनुहोस्।

अब यो मिश्रण अनुहारमा लगाउनुहोस् । यो फेस प्याकले तपाईको अनुहारको फोहोर र अतिरिक्त तेल हटाउँछ। साथै, यसले अनुहारलाई प्राकृतिक रूपमा चम्किलो बनाउँछ ।

मह र कागती

यदि तपाईको अनुहारमा दाग वा पिग्मेन्टेसन छ भने तपाईले मह र कागतीको फेस प्याक लगाउन सकिन्छ। यो फेस प्याक बनाउनको लागि एउटा कचौरामा एक चम्चा मह लिनुहोस्। त्यसमा केही थोपा कागतीको रस मिसाउनुहोस् । यो मिश्रण अनुहारमा लगाएर केही समय छोड्नुहोस्। यो फेस प्याकले  अनुहारमा डण्डिफोर कम हुन्छ भने छाला सफा र चम्किलोसमेत देखिनेछ।