NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

२० वर्षे युवकको डरलाग्दो अपराध

काठमाडौं । चिनियाँ अपराधिक समूहसँग मिलेर सयौं भारतीयलाई ठगी गरेको आरोपमा २० वर्षिय मनोज थापा पक्राउ परेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे घर भई कीर्तिपुर बस्ने उनले आफ्नो डेराबाटै कल सेन्टरको धन्दा चलाई भारतीयहरुलाई ऋणको प्रलोभनमा ठगी गरेको प्रहरीले जनाएको छ ।

थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीसँग २७ वटा नागरिकता र दुई हजार सात सय एनसेलका सिमकार्ड बरामद गरेको छ । तीनै सिमकार्ड दुरुपयोग गरी मोबाइल एपमार्फत ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई परिचालन गर्ने चिनियाँ गिरोहमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष