NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

एसिसी एसिया कपमा आज उपाधि भिडन्त, भारत र श्रीलंका कसले मार्ला बाजी ?

काठमाडौं । एसिसी एसिया कप क्रिकेट २०२३ को उपाधिका लागि आज श्रीलंका र भारत भिड्दैछन् । श्रीलंकाले घरेलु मैदानमा भारतको सामना गर्नेछ । कोलम्बोस्थित प्रेमदासा मैदानमा दिउँसो ३ : १५ बजे हुने फाइनल खेल हुनेछ ।

भारतले शीर्ष स्थानमा रहँदै अन्तिम दुई तथा श्रीलंकाले सुपर फोरमा पाकिस्तानलाई इनिङ्सको अन्तिम बलमा हराउँदै फाइनल स्थान पक्का गरेको आजको खेल रोमाञ्चन हुने देखिएको छ । सुपर फोरको अन्तिम खेलमा भारत बंगलादेशसँग ६ रनले पराजित भएको थियो ।

भारत एकदिवसीय एसिया कपमा १०औँ पटक फाइनल खेल्दै छ । यसअघि नौपटक फाइनल खेल्दा ६ पटक उपाधि भारतले जितिसकेको छ ।

६ टोली सहभागी एसिया कपको १६औँ संस्करणमा एसोसिएट राष्ट्र नेपाल र टेस्ट राष्ट्र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए । नेपाल पहिलोपटक एसिया कपमा सहभागी भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष