एसिसी एसिया कपमा आज उपाधि भिडन्त, भारत र श्रीलंका कसले मार्ला बाजी ?
काठमाडौं । एसिसी एसिया कप क्रिकेट २०२३ को उपाधिका लागि आज श्रीलंका र भारत भिड्दैछन् । श्रीलंकाले घरेलु मैदानमा भारतको सामना गर्नेछ । कोलम्बोस्थित प्रेमदासा मैदानमा दिउँसो ३ : १५ बजे हुने फाइनल खेल हुनेछ ।
भारतले शीर्ष स्थानमा रहँदै अन्तिम दुई तथा श्रीलंकाले सुपर फोरमा पाकिस्तानलाई इनिङ्सको अन्तिम बलमा हराउँदै फाइनल स्थान पक्का गरेको आजको खेल रोमाञ्चन हुने देखिएको छ । सुपर फोरको अन्तिम खेलमा भारत बंगलादेशसँग ६ रनले पराजित भएको थियो ।
भारत एकदिवसीय एसिया कपमा १०औँ पटक फाइनल खेल्दै छ । यसअघि नौपटक फाइनल खेल्दा ६ पटक उपाधि भारतले जितिसकेको छ ।
६ टोली सहभागी एसिया कपको १६औँ संस्करणमा एसोसिएट राष्ट्र नेपाल र टेस्ट राष्ट्र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए । नेपाल पहिलोपटक एसिया कपमा सहभागी भएको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया