शिक्षा विधेयकका केही बुँदाहरू स्वीकार्य छैनन्, संसदमा कुरा राख्छु: महामन्त्री शर्मा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा दर्ता भएको शिक्षा विधेयक यथास्थितीमा स्विकार गर्न नसकिने बताएका छन् ।
झापामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यो विधेयक अहिलेकै अवस्थामा आफूहरूले स्वीकार नगर्ने प्रस्ट पारेका हुन् ।
महामन्त्री शर्माले यस विषयमा आफुले संसदमा उठाउन बताए । उनले शिक्षा विधेयको विरोध नगर्ने भन्दै केही बुँदाहरू भने स्वीकार्य नहुने बताएका हुन् ।
संविधानले दिएको अधिकार कुण्ठित गर्ने गरी विधेयकमा राखिएका विषयवस्तुहरू हटाउनुपर्नेमा उनको जोड छ । संविधानले दिएको ट्रेड युनियनको अधिकार रक्षाका लागि आफु शिक्षकहरूसँगै सङ्घर्षमा रहने उनले बताए ।
पहिला पनि यसरी विधेयक प्रस्ताव गर्दा आफूहरूले सच्याएर ल्याउनका लागि अनुरोध गरेको भन्दै शर्माले फेरि पनि नसच्याई विधेयक ल्याएकोप्रति आफूहरूको आपत्ति रहेको बताए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया