एसिया कप फाइनल : ४ ओभर पुरा खेल्न नपाउँदै श्रीलंकाले गुमायो ५ विकेट

काठमाडाैं । एसिया कप २०२३ को फाइनल खेल अन्तर्गत भारविरुद्ध श्रीलंकाले खराब सुरुवात गरेको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले ४ ओभर पुरा खेल्न नपाउँदै ५ विकेटको नोक्सानी व्यहोरेको छ ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा जारी फाइनल खेलमा श्रीलंकाले पथुम निसान्का सिल्भा, मथुरेज डन कुसल जनिता परेरा, धनन्जय मदुरङ्गा डी सिल्भा, वेदगेदार सदीर राशेन समरविक्रमा र करियावासम इन्दिपलागे चरित असलंका आउट भएका छन् ।
भारतले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान मथुरेज डन कुसल जनिता परेरालाई पहिलो ओभरको तेस्रो बलमा आउट गराएको हो । उनलाई भारतीय बलर जसप्रित बुम्राहले केएल राउलबाट क्याट आउट गराए । उनले २ बल खेल पनि रन जोड्न सकेनन् ।
भारतले दोस्रो विकेटकारुपमा पथुम निसान्का सिल्भाको विकेट लियो । उनलाई महोम्मद सिराजले आउट गराएका हुन् । निसान्काले ४ बल खेल्दै २ रन जोडेका थिए । उनि तेस्रो ओभरको पहिलो बलमा आउट भएका थिए ।
श्रीलंकाको तेस्रो विकेटकारुपमा वेदगेदार सदीर राशेन समरविक्रमालाई गुमायो । उनको विकेट पनि सिराजको नाममा रहयो । सिराजले उनलाई ‘एलबि डब्ल्यु’ आउट गराए । उनले २ बल खेले पनि रन जोड्न सकेनन् ।
त्यसपछि भारतको आक्रामक ब्याटिङले तिब्रता पायो । र चौथो विकेटकारुपमा भारतले करियावासम इन्दिपलागे चरित असलंकालाई आउट गरायो । उनि तस्रो ओभरको चौथो बलमा सिराजबाट आउट भए । योसँगै सिराजले ह्याट्रिक गरे । यो उनको नाममा तेस्रो विकेट थियो । उनि पहिलो बलमा नै आउट भए ।
त्यसपछि लगत्तै तेस्रो ओभरको अन्तिम बलमा धनन्जय मदुरङ्गा डी सिल्भा पनि आउट भए । उनलाई पनि सिराजले नै आउट गराएका हुन् । उनले २ बलमा ४ रन जोडे । यो सिराजको नाममा चौथो विकेट दर्ज भयो ।
ताजा अपडेट
-
सर्वाेच्चले सोध्यो- ललिता निवास प्रकरणमा माधव र बाबुराममाथि मुद्दा किन चलेन ?
-
जहाजभित्र पसल सञ्चालन गरेर हिमालयले गर्यो दुई करोड बढी आम्दानी, निगमको छैन सुरसार
-
फुटपाथ ब्यवसायीको उचित ब्यवस्थापन सम्भव छ, गरिब जनतालाई दुःख दिनु हुदैनः महर
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
-
सांग्रिला बैंकका ग्राहक, कर्मचारी र शेयरधनीले सेल्सबेरीमा छुट पाउने
प्रतिक्रिया