श्रीलंकालाई हरेक बलमा झड्का, सिराज एक्लैले लिए ६ विकेट

काठमाडाैं । एसिया कप २०२३ को फाइनल खेल अहिले जारी छ ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा जारी फाइनल खेलमा भारवि र श्रीलंकाले उपाधिका लागि भिडन्त गरिरहेका छन् ।
श्रीलंकाले टस जितेर ब्याटिङ रोजेको थियो । तर श्रीलंकाले एकदमै खराब सुरुवात गर्यो । श्रीलंकाले १२ ओभरको खेल चलिरहँदासम्म ८ विकेट गुमाइसकेको छ ।
श्रीलंकालाई भारतीय बलर महोम्मद सिराजले प्रत्येक बलमा झड्का दिए । उनले एकै ओभरमा श्रीलंकाको ४ विकेट लिए । हालसम्म सिराज एक्लैले ६ विकेट लिएका छन् ।
श्रीलंकामाथि आजको खेलमा सिराज हावी भए । भारतले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान मथुरेज डन कुसल जनिता परेरालाई पहिलो ओभरको तेस्रो बलमा आउट गराएको हो ।
उनलाई भारतीय बलर जसप्रित बुम्राहले केएल राउलबाट क्याट आउट गराए । भारतले दोस्रो विकेटकारुपमा पथुम निसान्का सिल्भाको विकेट लियो ।
उनलाई महोम्मद सिराजले आउट गराएका हुन् । निसान्काले ४ बल खेल्दै २ रन जोडेका थिए । उनि तेस्रो ओभरको पहिलो बलमा आउट भएका थिए ।
श्रीलंकाको तेस्रो विकेटकारुपमा वेदगेदार सदीर राशेन समरविक्रमालाई गुमायो । उनको विकेट पनि सिराजको नाममा रहयो । सिराजले उनलाई ‘एलबि डब्ल्यु’ आउट गराए । उनले २ बल खेले पनि रन जोड्न सकेनन् ।
त्यसपछि भारतको आक्रामक ब्याटिङले तिब्रता पायो । र चौथो विकेटकारुपमा भारतले करियावासम इन्दिपलागे चरित असलंकालाई आउट गरायो ।
उनि तस्रो ओभरको चौथो बलमा सिराजबाट आउट भए । योसँगै सिराजले ह्याट्रिक गरे । यो उनको नाममा तेस्रो विकेट थियो । उनि पहिलो बलमा नै आउट भए ।
त्यसपछि लगत्तै तेस्रो ओभरको अन्तिम बलमा धनन्जय मदुरङ्गा डी सिल्भा पनि आउट भए । उनलाई पनि सिराजले नै आउट गराएका हुन् ।
उनले २ बलमा ४ रन जोडे । यो सिराजको नाममा चौथो विकेट दर्ज भयो । श्रीलंकाले छैटौँ विकेटकोरुपमा दासुन सांकालाई गुमायो । उनलाई पनि सिराजले बोल्ड आउट गरे । उनले ४ बल खेले पनि रन जोड्न सकेनन् ।
त्यसपछि सिराजले आफ्नो नाममा दर्ता गरेको छैटौँ विकेटकारुपमा बालपुवाडगे कुसल गिम्हन मेन्डिसलाई पनि बोल्ड आउट गरे । अन्य खेलाडीको तुलनामा उनि केहि टिकेका थिएइ ।
३४ बल खेलका उनले १७ रन बनाएका थिए । भारतले ७ औँ विकेटकोरुपमा डुनिथ नेथमिका वेल्लालेजलाई आउट गरायो । वेल्लालेजको विकेट भने हार्दिक पाण्ड्याले आफ्नो नाममा दर्ता गराए । उनले २१ बल खेलेर ८ रन बनाएका थिए ।
ताजा अपडेट
-
जहाजभित्र पसल सञ्चालन गरेर हिमालयले गर्यो दुई करोड बढी आम्दानी, निगमको छैन सुरसार
-
फुटपाथ ब्यवसायीको उचित ब्यवस्थापन सम्भव छ, गरिब जनतालाई दुःख दिनु हुदैनः महर
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
-
सांग्रिला बैंकका ग्राहक, कर्मचारी र शेयरधनीले सेल्सबेरीमा छुट पाउने
-
शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल
प्रतिक्रिया