श्रींलका ५० रनमा अल आउट

काठमाडौं । एसिया कप २०२३ को फाइनलमा श्रीलंकाले भारतलाई जितका लागि ५१ रनको सामान्य रक्ष्य दिएको छ ।
श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ दशमलब २ ओभरमा ५० रन बनाउँदै अलआउट भयो ।
भारतका तीव्र गतिका बलर मोहम्मद सिराजको उत्कृष्ट बलिङमा श्रीलंका ५० रनमा अलआउट भएको हो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले १७ तथा दुशान हेमन्थाले १३ रन बनाए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि सिराजले ७ ओभरमा २१ रन खर्चिएर ६ विकेट लिए ।
श्रीलंकामाथि आजको खेलमा सिराज हावी भए । उनले एकै ओभरमा श्रीलंकाको ४ विकेट लिएका थिए । तर उनको नाममा आज ६ विकेट दर्ता भएका छन् । यस्तै हार्दिक पाण्ड्यले ३ तथा जसप्रित बुम्राहले १ विकेट लिए ।
पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान मथुरेज डन कुसल जनिता परेरालाई भारतले पहिलो ओभरको तेस्रो बलमा आउट गराएको हो ।
उनलाई भारतीय बलर जसप्रित बुम्राहले केएल राउलबाट क्याट आउट गराए । भारतले दोस्रो विकेटकारुपमा पथुम निसान्का सिल्भाको विकेट लियो ।
उनलाई महोम्मद सिराजले आउट गराएका हुन् । निसान्काले ४ बल खेल्दै २ रन जोडेका थिए । उनि तेस्रो ओभरको पहिलो बलमा आउट भएका थिए ।
श्रीलंकाको तेस्रो विकेटकारुपमा वेदगेदार सदीर राशेन समरविक्रमालाई गुमायो । उनको विकेट पनि सिराजको नाममा रहयो । सिराजले उनलाई ‘एलबि डब्ल्यु’ आउट गराए । उनले २ बल खेले पनि रन जोड्न सकेनन् ।
त्यसपछि भारतको आक्रामक ब्याटिङले तिब्रता पायो । र चौथो विकेटकारुपमा भारतले करियावासम इन्दिपलागे चरित असलंकालाई आउट गरायो ।
उनि तस्रो ओभरको चौथो बलमा सिराजबाट आउट भए । योसँगै सिराजले ह्याट्रिक गरे । यो उनको नाममा तेस्रो विकेट थियो । उनि पहिलो बलमा नै आउट भए ।
त्यसपछि लगत्तै तेस्रो ओभरको अन्तिम बलमा धनन्जय मदुरङ्गा डी सिल्भा पनि आउट भए । उनलाई पनि सिराजले नै आउट गराएका हुन् ।
उनले २ बलमा ४ रन जोडे । यो सिराजको नाममा चौथो विकेट दर्ज भयो । श्रीलंकाले छैटौँ विकेटकोरुपमा दासुन सांकालाई गुमायो । उनलाई पनि सिराजले बोल्ड आउट गरे । उनले ४ बल खेले पनि रन जोड्न सकेनन् ।
त्यसपछि सिराजले आफ्नो नाममा दर्ता गरेको छैटौँ विकेटकारुपमा बालपुवाडगे कुसल गिम्हन मेन्डिसलाई पनि बोल्ड आउट गरे । अन्य खेलाडीको तुलनामा उनि केहि टिकेका थिएइ ।
३४ बल खेलका उनले १७ रन बनाएका थिए । भारतले ७ औँ विकेटकोरुपमा डुनिथ नेथमिका वेल्लालेजलाई आउट गरायो । वेल्लालेजको विकेट भने हार्दिक पाण्ड्याले आफ्नो नाममा दर्ता गराए । उनले २१ बल खेलेर ८ रन बनाएका थिए ।
त्यसपछि १५ दशमलव १ ओभरको खेल चलिरहँदा हार्दिकले प्रमोद मदुशन लियानागामागेलाई आउट गराए । ६ बल खेलेर १ रन जोडेका उनि विरोट कोहलीबाट क्याच आउट भए ।
लगत्तै अन्तिम विकेटकारुपमा माथीशा पाथिराना आउट भए । उनलाई पनि हादिर्कले इशान किशनबाट क्याच आउट गराए । उनि पहिलो बलमै आउट भएका हुन् ।
प्रतिक्रिया