कांग्रेस संस्थापनइतर पक्षको बैठक भोली, विश्व-प्रदीपलाई पनि बोलाए शेखरले

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले भेला बोलाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ४ गते बस्दैछ । इतर समूहका नेता डा. शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई छलफलका लागि डाकेका हुन् ।
बैठक मंगलबार भोली शेखरको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने गरी बोलाइएको एक नेताले जानकारी दिए ।
बैठकमा शेखर–गगन पक्षका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने जनाइएको छ । खासमा यो बैठक विश्व–प्रदीपलाई समूहमा भित्र्याउने उद्देश्यले डाकिएको हो ।
शेखर–गगन समूहमा विश्व–प्रदीपलाई भित्र्याउनका लागि उक्त पक्षका केही नेताहरुले सक्रियता देखाइरहेका थिए ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया