चार किलो चाँदीसहित एक व्यक्ति पक्राउ
काठमाडौं । चार किलो चाँदीका गरगहनासहित एक जना पक्राउ परेका छन् ।
वीरगन्जबाट कलैयातर्फ मोटरसाइकलमा जाँदै गरेको अवस्थामा चार किलो चाँदीका गरगहनासहित वीरगन्जका–३ का राजेश साह सोनारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ना १६ प ४०१६ नम्बरको मोटरसाइकलमा चाँदीका गरगहनासहित साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दुधिराम न्यौपानेले जानकारी दिए ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया