शिक्षकका न्यायोचित माग सम्बोधन गर्नुपर्छ : महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षकहरुले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेशबुकमा महामन्त्री शर्माले बर्षौंपछी निर्माण हुँदै गरेको संघीय शिक्षा ऐन मार्फत अल्झिएका समस्याको हल खोज्नैपर्नेमा जोड दिए ।
उनले लेखेका छन्, ‘हामी लोकतान्त्रिक राज्यप्रणालीमा छौं, एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भने लोकतान्त्रिक राज्यले लाखौं शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्न ।’
उनले संवाद मार्फत तत्काल समाधान खोजेर विधालय अविलम्ब सुचारू गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपील पनि गरेका छन् ।
‘प्रत्येक शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्ने-गराउने कर्तव्य राज्यको हो भने प्रत्येक विद्यार्थीको शैक्षिक भविस्यमा नकारात्मक असर पर्न नदिने अभिभावकत्व शिक्षकको प्रधान दायित्व हो । अत संवाद मार्फत तत्काल समाधान खोजेर बिधालय अविलम्ब सुचारू गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपील,’ उनले भनेका छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया