आजदेखि साफ यू–१९ च्याम्पियनसिप, नेपालले पाकिस्तानसँग खेल्ने

काठमाडौं । पाँचौँ संस्करणको साफ यू–१९ च्याम्पियनसिप फुटबल आज बिहीबार देखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । साफ क्षेत्रको उमेर समूहको प्रतियोगिता नेपालमा सुरु हुन लागेको हो ।
नेपालले बिहीबार साँझ ५: ३० बजे पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । बिहीबार नै पहिलो खेलमा दिउँसो १ : ३० बजे भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश छन् ।
नेपाली टिम जियारत शेखको कप्तानीमा मैदान उत्रनेछ । सुनिल श्रेष्ठ नेपाली टिमको मुख्य प्रशिक्षक रहेका छन् । यू–१९ को फुटबल टिमलाई राष्ट्रिय टिम निर्माणको महत्वपुर्ण आधार मानिन्छ ।
नेपाल र भारतले समान दुईपटक साफ यू–१९ उपाधि जितेका छन् ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया