NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता, के भयो निष्कर्ष ?

काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकहरुसँग सरकार वार्तामा बसेको छ ।

बिहीबार बिहान आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुसँग गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा भएको वार्तामा शिक्षामन्त्री अशोक राई र सचिव सुरेश अधिकारी समेत सहभागी थिए ।

आन्दोलनकारी शिक्षकहरूको नेतृत्व गरिरहेको शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहित शिक्षक संघ, संगठनका प्रतिनिधिहरू सहभागी वार्ता सकारात्मक रहेको गृह मन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले बताए ।

वार्तामा गृहमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रका समग्र समस्या समाधान गर्ने बताए । उनले आन्दोलन फिर्ता लिन आग्रह गर्दै संघीय शिक्षा विधेयकलाई सबैको सहमतिमा संशोधन गर्न सकिने बताएका छन् । यद्यपी, शिक्षक प्रतिनिधिहरूले भने विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने अडान राखेका छन् ।

विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले विद्यालय बन्द गरी बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । शिक्षकहरुको आन्दोलनका कारण देशभरका पठनपाठन प्रभावित भएको छ ।