NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

अनियन्त्रित शिक्षक, बानेश्वरमा प्रहरीसँग धकेलाधकेल

काठमाडौं । विद्यालय शिक्षा विधेयकविरुद्धमा प्रदर्शनरत शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् ।

शिक्षकहरूले नयाँ बानेश्वरतर्फ जाने प्रयास गरे पनि सुरक्षाकर्मीहरूले राकेका छन् । त्यसक्रममा शिक्षक र प्रहरीबीच धकेलाधकेल समेत भएको छ । शिक्षकहरुलाई रोक्न ठूलो मात्रामा नेपाल प्रहरी,सशस्त्र प्रहरीहरू परिचालन गरिएको छ ।

प्रहरीले लगाएको ब्यारिकेडलाई उनीहरूले धकेलेर तोड्ने प्रयास गरिरहेका छन् भने, प्रहरीले त्यसलाई रोक्न माइकिर्ङ गरिरहेको छ ।

शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले विधेयकविरुद्ध आज दोस्रो दिन आज पनि आन्दोलन जारी राखेका छन् ।

आज मात्रै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोक कुमार राईसँग वार्ता गरे पनि आन्दोलन रोकेनन् । तर छलफल सकारात्मक भएको र फेरी वार्तामा बस्ने सहमती भने भएको थियो ।

उनीहरुबीच शिक्षकहरुको आन्दोलनलाई मर्यादित बनाउने र छिट्टै औपचारिक वार्तामा बस्ने सहमति भएको बताइएको छ ।

छलफलमा गृहमन्त्री श्रेष्ठले सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर सोचेर निष्कर्षमा पुग्नुपर्छ र समस्याको समाधान निकाल्नुपर्ने बताएका थिए ।

श्रेष्ठले आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन आग्रहसमेत गरेका थिए ।

शिक्षकहरुको आन्दोलनका कारण आज पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म चल्ने सडकमा सवारीसाधन नचल्दा सर्वसाधारणहरू सास्ती भोग्न बाध्य भएका छन् ।

विधेयक विरुद्ध शिक्षकहरुको आन्दोलनका कारण बुधबार हिजो पनि सवारीसाधन सञ्चालन अस्तव्यस्त बनेको थियो । शिक्षक महासंघका अनुसार देशभरबाट एक लाख भन्दा बढी शिक्षकहरू आन्दोलनमा सहभागी भएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष