NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

८१ पत्रकारलाई प्रेस काउन्सिलको पुरस्कार (नामावलीसहित)

काठमाडौं । प्रेस काउन्सिल नेपालले ८१ पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । काउन्सिलको ५४औं वार्षिकोत्सवको अवसरमा विगतजस्तै यस वर्ष पनि पत्रकार तथा सञ्चारकर्मीलाई विभिन्न सम्मान र पुरस्कार दिन लागिएको हो ।

१ लाख ५१ हजार रूपैयाँ राशीको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई प्रदान गरिने भएको छ । यो काउन्सिलले प्रदान गर्ने सबैभन्दा ठूलो राशीको पुरस्कार हो ।

प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार दमन राई, खोटाङ, प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार सागर पण्डित, काठमाडौं र चूडामणि भट्टराई, काठमाडौंलाई प्रदान गर्ने निर्णय गरिएको प्रेस काउन्सिल नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलका अनुसार, प्रेस काउन्सिल आचारसंहिता पुरस्कारबाट तीन व्यक्ति तथा संस्था, प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्एकारबाट १६ जनालाई पुरस्कृत गर्ने निर्णय गरिएको छ । त्यस्तै, प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार १९ जना, प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार ६ जना, प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार ७ जनालाई प्रदान गरिनेछ ।

पुरस्कार आगामी ६ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट वितरण गर्ने कार्यक्रम छ ।

हेर्नुहोस् पुरस्कृत हुनेहरूको विवरण