सुनको मूल्य घट्दा चाँदीको बढ्यो, तोलाको कति ?
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा चार सय घट्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
आज शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार एक सय कायम भएको छ भने तेजावी सुनको मूल्य एक लाख ११ हजार ५५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ४२५ रुपैयाँ तोकिएको छ ।
बिहीबार तेजावी सुन प्रतितोला एक लाख १२ हजार पाँच सयमा कारोबार भएको थियो । चाँदीको मूल्य भने बिहीबार प्रतितोला १ हजार ४१० रुपैयाँ कायम थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया