NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

के साई पल्लवीले गोप्य विवाह गरेकी हुन् ?

एजेन्सी। दक्षिण भारतीय अभिनेत्री साई पल्लवी यतिबेला चर्चामा छिन् । एकाएक सार्वजनिक भएका उनका तस्विरहरू यतिबेला सञ्जालतिर भाइरल छन् । कतिपयले भने उनले गोप्य रूपमा विवाह गरेको पनि दाबी गर्दै आएका छन् । कतिपयले भने उनले व्यक्तिको रङलाई नभएर प्रेमलाई महत्व दिएको भन्दै तारिफ पनि गरिरहेका छन् ।

‘गार्गी’ फेम अभिनेत्री साई पल्लवीले सेलिब्रेटिको रूपमा आफ्नो छुट्टै छवि बनाएकी छिन् । खासमा उनी साधारण सेलिब्रेटीको रूपमा परिचित छिन् । प्रायः मेक अप र सजिएको पहिरनमा देखिने सेलिब्रेटीभन्दा उनी आफूलाई फरक रूपमा प्रस्तुत गरिरहेकी हुन्छिन् । मेक अप बिना नै उनको लुक्स आम दर्शकमाझ प्रसिद्ध छ ।

साधारण व्यक्तित्वसँगै उनको अभिनय र नृत्य कौशलको पनि प्रशंसा हुने गर्छ । यसकै आधारमा उनले लाखौं– करोडौं फ्यान, फलोइङ कायम राखेकी छन् ।

यीनै फ्यानहरू यतिबेला उनको एक तस्विरलाई लिएर चकित छन् । उक्त तस्विर सार्वजनिक भएसँगै उनको विवाह भएको दाबी गरिएको छ । यद्यपि उनी आफैंले भने आफ्नो आधिकारिक इन्स्टाग्राम या फेसबुकमा उक्त तस्विर सार्वजनिक गरिसकेकी छैनन् । न त विवाहबारे नै कुनै अभिव्यक्ति दिएकी छिन् ।

वास्तवमा साई पल्लवीको फयान पेजबाट एक तस्विर बाहीरिएको थियो । जसमा अभिनेत्री एक पुरुषसँग देखिएकी छिन् । उक्त तस्विरमा दुवैजनाले वरमाला लगाएका छन् । साथै दुवैले निधारमा तिलकको टीका पनि लगाएका छन् । फोटो हेर्दा उनीहरूले सामान्य तरिकारले विवाह गरेको र फोटो सेसन गराएजस्तो देखिन्छ ।

उक्त पेजबाट सार्वजनिक भएको तस्विरको क्याप्सनमा लेखिएको छ, ‘अन्ततः अभिनेत्रीले विवाह गरिन् । यसबाट प्रेमको कुनै रङ् हुँदैन भनेर प्रमाणित भएको छ । साई पल्लवीलाई सलाम ।’

तर अभिनेत्री साँच्चै वैवाहिक बन्धनमा बाँधिएकी भने होइनन् । उक्त तस्विर फिल्मको एक समारोहको क्रममा खिचिएको भन्ने विषय निर्देशक राजकुमारले जनाइसकेका छन् । तस्विरमा साईसँग भएका व्यक्ति फिल्मका सह– अभिनेता शिव कार्तिकेयन हुन् ।

उक्त तस्विर फिल्म ‘एसके २१ ’ को सुटिङको लञ्च कार्यक्रममा खिचिएको हो । निर्देशक राजकुमारले यो कुनै विवाहको फोटो नभएर फिल्मको समारोहको क्रममा खिचिएको तस्वीर भएको स्पष्ट पारिसकेका छन् ।

दक्षिण भारतमा कुनै पनि फिल्म रिलिज हुनुअघि माला लगाउने चलन छ । गलत क्याप्सनसहितको फोटो यतिबेला भाइरल भइरहेको हो ।