NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

‘इन्डो-नेपाल सुजन म्युजिक अवार्ड’ हुँदै, मनोनयनका लागि फारम खुला

काठमाडौं । ‘इन्डो–नेपाल सुजन म्युजिक अवार्ड २०२३’ हुँदैछ ।

यो अवार्ड सुजन म्युजिक प्रा.लिले गर्न लागेको हो । नेपाली गीत संगीतको उत्थानका लागि अवार्ड आयोजना गर्न लागेको सुजन म्युजिकले जनाएको छ ।

अवार्ड कार्यक्रमको नोमिनेशन नेपालमा हुनेछ भने, फाइनल कार्यक्रम भारतको नयाँ दिल्लीमा हुने आयोजक कमिटी अध्यक्ष जमुना रानाले जानकारी दिइन् ।

उक्त अवार्डका लागि बिभिन्न ३५ बिधामा मनोनयन फारम भर्न सकिने आयोजक कमिटीका संयोजक कुमार थापाले जानकारी दिए ।

यसका साथै अवार्डसहित सांगीतिक क्षेत्रमा योग्दान दिएका बिभिन्न ब्यक्ति र स्रष्टाहरुलाई पनि सम्मान गरिने अध्यक्ष रानाले जानकारी दिइन् ।

संयोजक थापाका अनुसार सम्मानित स्रष्टा र ब्यक्तिहरुको नाम नोमिनेशनको दिन सार्वजनिक गरिने छ ।

एक हजार रुपैया मनोनयन फारम शुल्क रहेको अवार्डका लागि ई-सेवाबाट पनि फारम भर्न सकिने जनाइएको छ । आयोजकले थप जानकारी लिन ९८४१७६६९१८ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

यी हुन् अवर्डाका विधा:

May be an image of text

ताजा अपडेट

नेपालवाच विशेष