अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो व्याच सम्मानित
काठमाडाैं । नेपाल क्रिकेट सङ्घ क्यानले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सहभागिता जनाएका नेपाली क्रिकेट टोलीलाई आज सम्मान गरेको छ ।
सन् १९९६ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेको नेपाललले पहिलोपटक मलेसियामा भएको एसिसी ट्रफी खेलेको थियो । उक्त प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीका सबै खेलाडी र प्रशिक्षकलाई क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशनका क्रममा सम्मान गरिएको हो ।
कार्यबाहक प्रधानमन्त्री एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उक्तसाधारणसभा शुभारम्भ गर्नाका साथै खेलाडीलाई सम्मानपत्र पनि प्रदान गरे । उनले नेपाली क्रिकेट टोलीले पछिल्लो समयमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै क्रिकेट खेलको विकास र विस्तारका लागि भौतिक पूर्वाधारको विकास हुन आवश्यक रहेको बताए ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यस कार्यसमितिले क्षमताले भएसम्म उत्कृष्ट काम गरेको यही कार्यकालमा नेपालले पहिलो पटक एसिया कप खेल्न सफल भएको बताए ।
सम्मानित हुने खेलाडीमा उत्तमकुमार कर्माचार्य (तत्कालीन कप्तान), बसन्त शाही ठकुरी, जगतबहादुर टमाटा, लेखबहादुर क्षेत्री, मनिषराज पाण्डे, सन्जय गुरुङ, किरणशम्शेर राणा, राजु खड्का, पवनकुमार अग्रवाल, विशाल गुप्ता, रितेश बराल, पुकार पन्त र मुसरफ इजाहर रहेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया