NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

उच्च अदालत पाटनले माग्यो उत्कृष्ट चलचित्र घोषणा नगर्नुको कारण

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा ‘सर्वोत्कृष्ट फिल्म’ विधा घोषणा नगर्ने निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले शुक्रबार चलचित्र विकास बोर्डलाई अवार्डको मूल्यांकनको क्रममा जुरीले तयार पारेका सक्कल कागजपत्र पनि झिकाउन आदेश दिएको छ ।

फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको थलो जुम्लाको सिंजाका स्थानीय मीनराज आचार्यले परमादेश माग गर्दै बिहीबार रिट दायर गरेका थिए ।

उनीहरुले जुरीको निर्णयको सक्कलप्रति झिकाउनुपर्ने र कारण देखाउन भन्दै निवेदन दिएका थिए ।

भदौ १२ गते राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वश्रेष्ठ फिल्मलाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो । एक जना जुरी सदस्यले ‘प्रकाश’लाई सिफारिस गरिएको तर बोर्ड नेतृत्वले नमानेको बताएका थिए ।