उच्च अदालत पाटनले माग्यो उत्कृष्ट चलचित्र घोषणा नगर्नुको कारण
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा ‘सर्वोत्कृष्ट फिल्म’ विधा घोषणा नगर्ने निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले शुक्रबार चलचित्र विकास बोर्डलाई अवार्डको मूल्यांकनको क्रममा जुरीले तयार पारेका सक्कल कागजपत्र पनि झिकाउन आदेश दिएको छ ।
फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको थलो जुम्लाको सिंजाका स्थानीय मीनराज आचार्यले परमादेश माग गर्दै बिहीबार रिट दायर गरेका थिए ।
उनीहरुले जुरीको निर्णयको सक्कलप्रति झिकाउनुपर्ने र कारण देखाउन भन्दै निवेदन दिएका थिए ।
भदौ १२ गते राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वश्रेष्ठ फिल्मलाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो । एक जना जुरी सदस्यले ‘प्रकाश’लाई सिफारिस गरिएको तर बोर्ड नेतृत्वले नमानेको बताएका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया