क्यानको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन, कसले मार्ला बाजी ?
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँदैछ ।
निर्वाचनका लागि नयाँबानेश्वरको एभरेष्ट होटलमा मतदान हुँदैछ । मतदान प्रक्रिया १२ बजेपछि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीले प्रतिस्पर्धा गर्दैछन् । अध्यक्षका दाबेदार चन्दको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले सचिव पदमा उम्मेदवारी दिएका छन् । उनले भण्डारी पक्षबाट सचिवमा क्यानका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लसँग प्रतिस्पर्धा गर्नेछन् ।
क्यानको चुनावमा कुल ८४ मतसंस्था रहेको छ । मतसंख्या ८५ रहेपनि प्रतिनिधि विवादको कारण झापा जिल्लाको मताधिकार काटिएकाले अब कुल मतसंख्या ८४ रहेको हो।
क्यानको कुनै पनि पदमा चुनाव जित्न न्युनतम ४३ मत आवश्यक पर्दछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया