नदी उत्खननका क्रममा खनिएको खाल्डोमा डुबेर बालकको मृत्यु
काठमाडौं । ढुंगा, बालुवा उत्खननका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर धनुषामा एक बालकको मृत्यु भएको छ ।
धनुषाको बिगही खोलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बटेश्वर गाउँपालिका–१, धुमासन टोलका बिनोद महतोका ११ वर्षीय छोरा धीरज कुमार महतोको मृत्यु भएको हो ।
शनिबार दिउँसो आफ्ना साथीहरूसँग बिगही खोला पुगेका धीरज उनीहरूसँगै खाल्डोमा नुहाउन पसेका थिए । स्थानीयले उद्धार गरेर उपचारका लागि अस्पताल लैजाने प्रयास गरे पनि बीचमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।
प्रहरीले घटनाबारे जानकारी पाएपछि अनुसन्धान थालिएको जनाएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया