आज चीन जाँदै नेपाली क्रिकेट टोली, सन्दीप के गर्छन् ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज चीन जाने भएका छन् । एसियाली खेलकुदमा सहभागिताका लागि नेपाली टोली आज त्यसतर्फ जान लागेको हो ।
नेपाली क्रिकेट टोली आइतबार मध्याह्न साढे १२ बजे चाइना एअरलाइन्सको उडानमार्फत चीन जान लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
क्यानले एसियाली खेलकुदमा भाग लिन जाने खेलाडीलाई आइतबार बिहान बिदाई गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीले नेपाली क्रिकेट टोलीको बिदाई गरेका हुन् ।
किशोरी बलात्कार आरोपमा अदालतमा मुद्दा खेपेका सन्दीप लामिछाने भने आज नजाने भएका छन् । सन्दीपविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंले आजै पेशी तोकेको छ ।
अदालतको निर्णय हेरेर सोमबार उनलाई चीन पठाउने क्यानको तयारी छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया