सन्दीपविरूद्धको मुद्दामा आज पनि सुनुवाइ स्थगित
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई स्थगित भएको छ ।
लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण मुद्दा पेशी नचढी स्थगित भएको हो ।
सर्वोच्च अदालतले फास्ट ट्रयाकबाट मुद्दाको टुंगो लगाउन आदेश दिएको भएपनि सन्दीपको मुद्दामा पटक पटक सुनुवाइ स्थगित हुँदै आएको छ ।
यसअघि असोज १ गते पनि न्यायाधीश अभावका कारण उक्त मुद्दा पेशी नचढी स्थगित भएको थियो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालका अनुसार अदालतमा गोला प्रथाबाट इजलास तोकिँदा सन्दीप विरूद्धको मुद्दा आज उपस्थित न्यायाधीशहरू कसैकोमा पनि नपरेको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया