NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

देउवालाई प्रदीपको प्रश्न- भ्रातृ संस्थाहरूको अधिवेशन हुन्छ कि हुँदैन ?

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललेपार्टीका भ्रातृ संस्थाहरूको अधिवेशनको सुनिश्चितता गर्न समेत माग गरेका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा धारणा राख्दै नेता पौडेलले प्रश्न गर्दै भने, ‘यो बैठकमा भ्रातृ संस्थाहरूको अधिवेशन हुने वातावरणको सुनिश्चित गर्नकालागि म आग्रह गर्न चाहान्छु । ‘सभापतिज्यूलाई मेरो प्रश्न छ, पार्टीका भ्रातृ संस्थाहरूको अधिवेशन हुन्छ कि हुँदैन ?’

बैठकमा पौडेलले सरकारमा बस्नुलाइ मात्र उपलब्धि मान्न नसकिने बताए । कांग्रेस सरकारमा बस्दा पार्टी पनि लोकप्रिय हुने गरी काम गर्नुपर्नेमा जोड दिदै उनले पार्टीबाट मन्त्री बनेकाहरूले पनि राम्रो काम गर्न नसकेको बताए ।

पौडेलले सरकारले महँगी नियन्त्रण गर्न नसकेको, खाद्यान्नमा १४ प्रतिशतसम्म महँगी बढ्दा पनि अनुगमन नभएको उल्लेख गरे । उनले पार्टीबाट मन्त्री बनेकाहरूले जनताको पक्षमा नतिजा दिखिने गरि काम गर्नुपर्नेमा जोड दिए ।

उनले पार्टीकै मन्त्रीले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दा समेत मुलुकको अर्थतन्त्र डामाडोल भएको भन्दै आलोचना गरे । ‘अर्थ मन्त्रालय हाम्रै नेतृत्वमा छ, तर अर्थतन्त्रमा सुधार आइरहेको छैन, साना व्यवसायीहरू सटर बन्द गरेर हिड्न बाध्य छन् , सुधारको पहल गर्न सकेको देखिएन,’ उनले भने ।