आज कति अंकले घट्यो नेप्से ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंककाे गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार दस दशमलव ३५ अंक कायम भएको छ ।
आज दुई सय ८५ कम्पनीको ९० लाख तीन हजार नौ सय ४१ कित्ता शेयर ८१ हजार १० पटक खरिदबिक्री हुँदा दुई अर्ब ३२ करोड ६८ लाख ९५ हजार दुई सय छ बराबरको कारोबार भएको छ ।
लघुवित्त समूहको उपसूचक शून्य दशमलव ९९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह एक दशमलव ९८ प्रतिशत र व्यापार समूह एक दशमलव ८१ प्रतिशतले गिरावट देखिएको छ । आज तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र एसियन हाइड्रोपावरको सेयर मूल्यमा दस प्रतिशतले वृद्धि देखिएको हो । शुभम् पावर लिमिटेडको सेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै १३ करोड २४ लाख ९८ हजार नौ सय ५० बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख ७१ हजार चार सय ६० कित्ता सेयर किनबेच भएको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया