NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

कांग्रेस रुपान्तरण अभियानद्वारा बिचार गोष्ठी आयोजना, क-कसले गर्दैछन् सम्बोधन ?

काठमाडौं । नेपाली कांग्रेस रुपान्तरण अभियानले १४ औँ महाधिवेशनको म्याण्डेट र पार्टी रुपान्तरको जल्दाबल्दा सवालमा बिचार गोष्ठी गर्ने भएको छ ।

राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा यहि असोज १४ गते गोष्ठीको आयोजना गरिएको नेता जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।

उक्त दिन दिउँसो साढे १ बजेबाट सुरु हुने गोष्ठीलाई डा. शेखर कोइराला, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा। पुर्वमहामन्त्री अर्जुन नरसिंह केसी, बलबहादुर केसी, प्रदीप पौडेल लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

यो अभियानले अहिले दुई महिने कार्यक्रमको घोषणा गरेर अहिले १६५ निर्वाचन क्षेत्र केन्द्रीत गतिविधि गरिरहेको छ । रुपान्तरण अभियानले भदौ २४ गते बीपी जन्म जयन्तीदेखि कात्तिक २४ गते लौह पुरुष गणेशमान जन्म जयन्तीसम्म दुई महिने रुपान्तरण अभियान कार्यक्रम घोषणा गरेको थियो ।

साउन पहिलो साता बसेको पार्टी केन्द्रीय समितिको बैठकले भदौ १० देखि २४ सम्म सञ्चालन गर्ने भनिएको अभियान स्थगित गरेपछि रुपान्तरण अभियानले आफ्नो अभियान अघि सारेको हो ।

कांग्रेसको भदौ ५ गते बसेको पदाधिकारी बैठकले वर्षा र पार्टीका सांसदहरूको कार्यव्यस्ततालाई देखाउँदै अनिश्चितकालका लागि अभियान रोकेको थियो ।

अभियानका क्रममा पार्टीको आन्तरिक अवस्था, मुलुकको राजनीतिक अवस्था, कांग्रेससहित सबै दलहरुको सम्बन्धित क्षेत्रको अवस्था, तीनै तहका सरकारले गरिरहेका कामको बारेमा बृहत छलफल गरिरहेको छ ।

यसअघि पनि यथास्थितिमा पार्टी चल्न नसक्ने भन्दै देशव्यापी रूपान्तरण अभियान चलाइएको थिए । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले देशव्यापी अभियान चलाएका थिए ।

रुपान्तरण अभियानले यथास्थितिमा चलिरहे पार्टीले आगामी दिनमा पनि चुनौतीको सामना गर्न नसक्ने निष्कर्ष निकालेर पार्टी सभापति देउवासहित सबै पदाधिकारीहरुलाई केन्द्रीय समितिको बैठकअघि नै प्रतिवेदन बुझाएको थियो । तर, सभापति देउवाले रुपान्तरण अभियानको प्रतिवेदन बुझ्नसमेत अस्वीकार गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष