अभियन्ताहरूले संवाद गर्न नमानेको प्रति बालेनको आक्रोश ‘के वार्ता उहाँहरूको नेतासँग गर्नुपर्ने हो ?’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अभियन्ताहरू उभिरहेको ठाउँमा आफैँ गएर वार्ता गरौँ भन्दा पनि नआएको दाबी गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्ने बताउँदै आन्दोलनमा रहेका अभियन्ताहरु राजनीतिक स्वार्थ जोडिएर वार्तामा आउन नखोजेको बताएका छन् ।
उनले लेखेका छन्, ‘बिगत केही दिन देखि केही अभियानताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफै गएर वार्ता गरौँ यहाँहरुको कुरा र समस्या सुनौँ भन्दा अभियनतहरु संवादमा बोलाउदा आउन खोज्नु भएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौँ, सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौँ । के वार्ता हामीले उहाँहरुको नेता सङ गर्न पर्ने ?’
मेयर बालेन साहलाई चुनावी बाचा सम्झाउन सात दिनदेखि राष्ट्रिय सभागृह अगाडि अभियन्ता ईः ले उभिएर विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरुले काठमाडौं महानगरले फुटपाथ व्यवसायीहरुलाई बलपूर्वक हटाएपछि झण्डै तीन महिनादेखि ‘गरिबको चमेली बोलदिने कोही छैन’ अभियान चलाइरहेका छन् ।
ईःका अनुसार अहिले महानगरको नेतृत्वमा रहेका जनप्रतिनिधिहरुले फुटपाथ र त्यहाँ व्यवसाय गरिरहेकाहरुको सहज व्यवस्थापन गर्ने बाचा गरेका थिए । तर नेतृत्वमा पुगेपछि ठीक विपरीत व्यवहार देखिएको भएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया